बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

राजनीतिक अस्थिरताको त्रास नलिन उद्योगी , व्यवसायीलाई प्रधानमन्त्री दाहालको आग्रह

राजनीतिक अस्थिरताको त्रास नलिन उद्योगी , व्यवसायीलाई प्रधानमन्त्री दाहालको आग्रह

५ बैशाख , काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहालले निजी क्षेत्रको लगानी सुरक्षा गर्न र उद्योगमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  मंगलबार (४ चैत) नेपाल उद्योग परिसङ्घको २१औं वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले अर्को चुनावसम्म सरकार परिवर्तन नहुने दाबी गर्दै राजनीतिक अस्थिरताको त्रास नलिन उद्योगी , व्यवसायीलाई आग्रह गरे।

प्रधानमन्त्री दाहालले  सरकारमा रहेका मन्त्री फेरिनुलाई अस्थिरता नभन्न निजी क्षेत्रलाई प्रधानमन्त्रीले आग्रह गरे । उनले भने, ‘सरकार सम्हालेदेखि नै देशको अर्थतन्त्र सुधार गर्न पहल गरिराखेको छु ।’ देशको अर्थतन्त्र र आउँदो लगानी सम्मेलनलाई केन्द्रमा राखेर आफूले काम गरिरहेको दाबी प्रधानमन्त्रीको छ ।

प्रधानमन्त्रीले यही वैशाख १६ र १७ मा हुने लगानी सम्मेलन अघि नै एक दर्जन कानुनी व्यवस्था बदल्न लागि परेको बताए । उद्योग र व्यवसायमा लगानीको वातावरण सुधार गर्नलाई बाधक बनेका दर्जन कानुनी व्यवस्था फेर्न सरकार जिम्मेवार भएर लागिपरेको उनको भनाई छ ।

सो अवसरमा  नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले प्रधानमन्त्रीलाई निजी क्षेत्र आत्तिएको जानकारी गराउदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन्  ।

उनले परिसंघले उत्पादनमूलक तथा सेवामूलक उद्योगहरूको छाता सङ्गठनको रुपमा विगत २० वर्षदेखि मुलुकमा औद्योगिक वातावरण निर्माणलगानी प्रवर्द्धनरोजगारी सिर्जना गर्दै देशको आर्थिकसामाजिक विकासमा बलियो साझेदारको रुपमा महत्त्वपूर्ण योगदान गर्दै आएको समेत स्मरण गराएका थिए । आगामी दिनमा समेत नेपाल सरकारविकास साझेदारलगायत निजी क्षेत्रका अन्य संघ संस्थाहरूसँग सहकार्यसमन्वय गर्दै यही दिशामा आफ्ना गतिविधिहरूलाई अगाडि बढाउन परिसंघ प्रतिबद्ध रहेको उनले बताए ।

अग्रवालले निजी क्षेत्रले गरिरहेको अनुभव र अवस्थाका विषयमा ध्यानाकर्षण गराउँदै अगाडी भने, “विदेशी विनिमय सञ्चितिको हिसाबले बाह्य क्षेत्र राम्रो स्थितिमा छ । भुक्तानी सन्तुलन र चालु खाता समेत बचतमा छ । हालको विदेशी विनिमय सञ्चिति ८ वर्ष यताकै उच्च हो । बाह्य क्षेत्र राम्रो भए पनि आन्तरिक अर्थतन्त्रमा अझै पनि अपेक्षित सुधार आउन नसक्नु बाह्य कारण मात्रै थिएन र होइनआन्तरिक नै प्रमुख कारण हो भन्ने पुष्टि गर्दछ।“

बैंक तथा वित्तीय संस्थाहरूमा अर्बौँ रुपैयाँ लगानी योग्य रकम छ । बैंकहरुमा पैसा थुप्रिनेलगानी गर्न नसक्ने अवस्थाको अन्त्य अपरिहार्य रहेकोमा उनले जोड दिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend