५ बैशाख , काठमाडौं । तनहुँ -बालाजु सम्पर्क समाजले आफ्नो स्थापना दिवसको अवसरमा छैटौं वार्षिक साधारणसभाबाट सर्वसम्मत निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको पदभार ग्रहण, नव वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा समाजद्वारा प्रकाशित भित्ते पात्रो (क्यालेन्डर ) को विमोचन एवम् सदस्यहरुलाई बितरण कार्यक्रम सम्पन्न गरेको छ।

समाजको अध्यक्षमा राम दया अधिकारी , , उपाध्यक्ष गोविन्द पौडेल , सचिव तेज बहादुर गोदार, सह सचिव केशवलाल श्रेष्ठ , कोषाध्यक्ष सिताराम पौडेल लगायत १० जना सदस्यहरु हालै सर्वसम्मत चयन भएका हुन् ।
निवर्तमान अध्यक्ष कृष्ण प्रसाद लम्सालको सभापतित्वमा सम्पन्न कार्यक्रममा काठमाडौं महानगरपालिका- १६ का वडा सदस्य हर्क बहादुर खाती लगायतले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend