बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नयाँ वर्षको शुभकामना व्यक्त गर्दै गृहमन्त्री रविले भने- नागरिकको सुरक्षामा कुनै सम्झौता हुन्न

नयाँ वर्षको शुभकामना व्यक्त गर्दै गृहमन्त्री रविले भने- नागरिकको सुरक्षामा कुनै सम्झौता हुन्न

१ बैशाख ,काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सबै नेपालीलाई नयाँ वर्ष २०८१ को शुभकामना दिँदै  नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने प्रतिबद्धता जनाएका  छन् । आज नयाँ वर्षको अवसरमा काठमाडौँको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुसीयाली साटासाट गर्न पुगेका उनले यस्तो बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेले सडकमा सर्वसाधारण तथा प्रहरीबीच  मिठाई बाँडेर नयाँ वर्षको  शुभकामना प्रदान गरे।

गृहमन्त्री रविले जनताका सबै किसिमका गुनासाहरू यथोचित ढङ्गबाट समाधान हुने प्रतिबद्धता जनाए । उनले कर्मचारीहरूमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह बिना नै काम गर्ने वातावरण बनाइने पनि  बताए ।  काठमाडौँ सहरलाई चलायमान र क्रियाशील बनाउन नयाँ वर्षबाट २४ सै घण्टा दरबार मार्ग र ठमेल क्षेत्र सञ्चालन गर्न लागिएको बताए । काठमाडौँ जिउँदो, जाग्दो सहर बनाउन आफूले काम गरिरहेको उनले जनाए ।

प्रहरीको मनोबल बढाउने र प्रहरी प्रशासन सुधारको काम अझ अघि बढाउनका लागि नयाँ वर्षको दिनमा खुसीयाली साटासाट गर्न आफू सडकमा आएको गृहमन्त्री रविले  बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend