खबरब्रेकिंग,काठमाडौं, चैत २१। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले सुव्यवस्थित रूपमा काम गर्न नसके व्यवसाय मात्र नभई सरकारको राजस्वमा समेत असर पर्ने बताएका छन । मंगलबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा उनले यस्तो बताएका हुन । उनले राजस्व कम उठेपछि सरकारी निकायले व्यवसायीलाई अनावश्यक दुःख दिएको समेत बताए ।
पछिल्ला दिनमा अनावश्यक अनुगमन बढेको सदस्यहरूबाट गुनासो महासंघमा परेको ढकालले मन्त्री पुनलाई सुनाए । सरकारको राजस्व संकलनमा कमी आएपछि सरोकारवाला निकायले व्यवसायीलाई समस्यामा पारेको उनले बताए ।
अध्यक्ष ढकालले मुलुकमा उद्योग, व्यवसाय सञ्चालनका लागि उपयुक्त वातावरण बनाउन पहल गर्न अर्थमन्त्री पुनलाई आग्रह गरे । उनले अहिले मुलुकले बढीभन्दा बढी स्वदेशी तथा विदेशी लगानी भित्र्याउने समय आएको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend