शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

रवि लामिछाने अत्यधिक मतसहित चितवन-२ बाट फेरि निर्वाचित

रवि लामिछाने अत्यधिक मतसहित चितवन-२ बाट फेरि निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आइतबार भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा चितवन-२ बाट भारी मतान्तरसहित विजयी भएका छन्।

अन्तिम मत परिणाममा लामिछानेले ५४१७६ मत पाए भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११२१४ मत पाएका छन्।

उनीहरूबीचको मतान्तर ४२९६२ छ। नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १०९३६ मत पाएका छन्।

यसअघि मंसिर ४ मा भएको चुनावमा यो क्षेत्रबाट लामिछाने नै निर्वाचित भएका थिए। त्यतिबेला उनले ४९ हजार ३०० मत पाएका थिए।

अमेरिकी नागरिकता त्यागेर फेरि नेपाली नागरिकता लिदा सामान्य प्रक्रिया नपुगेको मुद्दामा उनलाई सांसद पदबाट हटाइएको थियो। उनको सांसद पद गुमेका कारण चितवन-२ मा उपनिर्वाचन भएको हो।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend