खबरब्रेकिंग,काठमाडौँ, बैशाख ८ गते । होमनाथ पुडासैनी सामाजिक तथा धार्मिक अभियान्ता हुन । उनी सामाजिक काम गर्न बढी रुचाउँछन । कलाकार उद्धव प्रसाद मिश्रले निर्माण गरेका थुप्रै टेलिफिलिममा पुडासैनीले अभिनय गरेका छन । उनी कलाकार पनि हुन । पुडासैनीमा बुढौली लागे पनि २०, २५ बर्षको युवामा जस्तै जोस र जाँगर अनि उत्साह छ । फुर्तिका साथ हिडडुल गर्न रुचाउँछन । उनी बैरागी उपनामले बढी चिनिन्छन् । उनी जलेश्वर मन्दिरको संस्थापक संयोजक हुन । मन्दिरको बिकासको लागी उनी धेरै मिहिनेत गरेर आर्थिक स्रोत जुटाउन दौडिरहेका छन । मन्दिरको बिकास संगै नुवाकोट र धादिगंका बासिन्दारलाई केही लाभ मिल्छ भन्दै उनी भौतारिरहेका छन । उनै पुडासैनी संग गरिएको छोटो संवाद ।
सन्चै हुनुहुन्छ ?
सन्चै छु
अहिले केमा ब्यस्त हुनुहुन्छ ?
यही सामाजिक, धार्मिक काममा बढी ब्यस्त छु ।
जीवन के हो ?
जीवन संघर्ष हो , जीवन देखि थाक्नु हुदैन । जीवन त भगवानले दिएको अमूल्य उपहार हो । जिन्दगीलाई त्यसै खेरा फाल्नु हुदैन । मिहिनेत गरेर अघि बढनु पर्छ । जीन्दगीमा कहिले हरेश खानु हुदैन । रात पछि बिहान अबश्य आउँछ । मान्छेले जीन्दगीमा धर्य गर्न सिक्नु पर्छ । त्यो नै जीवन हो ।
तपाई जिन्दगीमा निराश हुनु भएको छ ?
त्यस्तो निराश भएको छैन । म आशावादी हुँ । निराश हुदैन । मैले जीन्दगी बुझेको छु । जीन्दगीमा तल माथि भैरहन्छ । यो स्वभाविक कुरा हो । जीन्दगीमा सकारात्मक सोच्न सिक्नु पर्छ ।
तपाईको रुचिको बिषय के हो ?
धार्मिक, सामाजिक काम गर्दा आनन्द आउँछ । मेरो रुचिको बिषय यो नै हो भन्दा फरक नपर्ला । अर्को कुरा म कलाकारितामा पनि जोडिएको छु । केही अभिनय पनि गरेको छु । कलाकारिता पनि रुचिको बिषय हो । यो क्षेत्रमा मलाई बरिष्ठ कलाकार उद्धव प्रसाद मिश्रले प्रवेश गराउनु भएको हो ।
उसो भए तपाई कलाकार पनि हो ?
हो म कलाकार पनि हो ।
अब बाँकी जीवनको लक्ष्य के छ ?
म बुढो भैसके, अब मेरो लक्ष्य भनेको जलेश्वर मन्दिरको बिकास गरेर धेरै भन्दा धेरै दर्शानार्थी प्रवेश गराउने छ । जलेश्वरमन्दिरको बिकास हुदा बित्तिकै त्यहाँको वरी परि सबै बिकास हुन्छ । अहिले म यहि काममा दौडधुपमा छु ।
तपाईले जीन्दगीमा सम्झिरहने र सम्झदा झस्किने कुरा के छ ?
म सानो छदा बुवा घरवाट हिडनु भएको रे अहिले सम्म घर फर्किनु भएको छैन । सबै भन्दा बढी सम्झने र सम्झदा झसक्क झस्किने भनेको नै बुवाको सम्झनामा हो ।
अन्त्यमा केही भन्न छ की ?
जलेश्वर मन्दिरलाई सहयोग जुटाऔं भन्ने मेरो भनाई छ । सरकारले सहयोग गरोस भन्ने मेरो आश छ । स्थानीय सरकार बढी सक्रिय बनोस् । जलेश्वर मन्दिर नुवाकोट -धादिगं सीमाक्षेत्र कोल्पुखोला हाडिरमा पर्दछ । काठमाडौंको फोहोर कोल्पुखोलामा फलिएकोमा म धेरै दुखि छु ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend