सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

हृदयाघातका कारण अमेरिकामा विशाल ज्ञवालीको निधन

हृदयाघातका कारण अमेरिकामा विशाल ज्ञवालीको निधन

खबरब्रेकिंग, काठमाडौँ, बैशाख ५ गते। अमेरिकामा बसोबास गर्दै आएका विशाल ज्ञवालीको हृदयाघातका कारण निधन भएको छ ।उनको स्थायी घर गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका– ४ बलेटक्सार हो । अप्रिल १६ तारिखका दिन अमेरिकामा उनको मृत्यु भएको हो । गुल्मी बलेटक्सार बजारका ज्ञवालीको निधनमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
‘यात्राको बीचमै पुल चुँडिएजस्तो भयो,’ विशालको तस्वीर राख्दै प्रदीपले लेखेका छन् । ज्ञवालीका पत्नी र एक छोरी अमेरिकामै छन् ।ज्ञवालीकी पत्नी समिता शर्माले छोरीको भविष्यका लागि भन्दै आर्थिक सहयोगको अपिल गरेकी छिन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend