शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

युनाइटेड मोदी हाइड्रोपावरको पुँजी बृद्धि गर्ने प्रस्ताव पारित

युनाइटेड मोदी हाइड्रोपावरको पुँजी बृद्धि गर्ने प्रस्ताव पारित

२३ चैत ,काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ९औं वार्षिक साधारणसभाबाट कम्पनीको  पुँजी बृद्धिको प्रस्ताव पारित भएको छ। कम्पनीको कार्यालय  हेरिटेज प्लाजामा  अध्यक्ष नरेन्द्र बल्लभ पन्तको अध्यक्षतामा सम्पन्न साधारणसभाले गत आर्थिक वर्ष २०७८/०७९ को संचित मुनाफाबाट ७ प्रतिशत बोनस सेयर तथा ०.३६८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश पारित गरेको छ।

सभाले अन्य लगानी योग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिएको छ भने कम्पनीको पुँजी बृद्धि गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

साधारणसभामा बोल्ने अधिकांश सेयरधनीहरुले आर्थिक मन्दिको समयमा भर्चुअल माध्यमबाट साधारणसभा गरी कम्पनीको खर्च कटौति गरेकोमा संचालक  समितिलाई विशेष धन्यवाद दिएका थिए । सेयरधनीहरुको प्रश्नको जवाफ दिँदै कम्पनीका अध्यक्ष  पन्तले आगमि दिनमा सेयरधनीलाई लाभांश बढाउने कार्यमा आफू र आफ्नो टिम लागि पर्ने बताउनुभयो ।

साधारणसभाले स्वतन्त्र संचालकमा चार वर्षको कार्यकालका लागि  अमित पाण्डेलाई नियुक्त गर्नुको साथै २०७९/०८० को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गरेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend