काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघईले महासंघको आसन्न निर्वाचनका लागि आफ्नो टिमसहित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
महासंघको साधारणसभा तथा निर्वाचन आउँदो चैत २८ र २९ गते हुँदैछ । चैत १९ गते आइतबार साँझ कार्यक्रम आयोजना गरी उनले उम्मेदवारी घोषणा गरेका हुन् । संघईको समुहमा जिल्ला नगरबाट सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन र एशोसियट्स उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ छन् । श्रेष्ठ यसअघि अन्जन श्रेष्ठको समूहमा रहे पनि अहिले भने संघईको टिममा देखिएकी हुन् ।
महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्थाका कारण अहिले सो पदका लागि महासंघका नेताहरु निकै दौडधुपमा रहेका छन् । विधानअनुसार अबको कार्यकालमा अध्यक्ष चन्द्र ढकाल हुनेछन् ।
अहिलेको कार्यकासमितिमा संघाई एसोसियट उपाध्यक्ष छन् । हिराचन कोषाध्यक्ष हुन् भने अरू कार्यकारिणी सदस्य छन् ।
तीन वर्षपछि अध्यक्ष बन्नका लागि विधान अनुसार वरिष्ठ उपाध्यक्ष पदमा संघाईबाहेक अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रत्यासी छन् । औपचारिक रूपमा टिम भने संघाईले पहिलोपटक घोषणा गरेका हुन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend