बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

राष्ट्रिय परीक्षा बोर्डले निकाल्यो फेरि यस्तो सूचना

राष्ट्रिय परीक्षा बोर्डले निकाल्यो फेरि यस्तो सूचना

 

 

काठमाडौं ११ वैशाख । कक्षा १२ को पूर्वनिर्धारित परीक्षाको समय परिवर्तन भएको छ। समय परिवर्तन गरिएको राष्ट्रिय परीक्षा बोर्डले सूचना निकालेर जनाएको छ।

यस वर्षको कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदैछ। चैत ५ र ६ गते गोरखापत्रमा प्रकाशित सूचना अनुसार परीक्षा बोर्डले बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालनको समय निर्धारण गरेको थियो।

तर, विभिन्न क्षेत्रको सुझाव पछि बोर्डले परीक्षाको समय परिवर्तन गरेको हो। अब निर्धारित मितिमै जेठ १६ देखि २५ गतेसम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने भएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend