बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

चार वर्षमा ७२९ सार्वजनिक विद्यालय बन्द

चार वर्षमा ७२९ सार्वजनिक विद्यालय बन्द

 

काठमाडौं २५ चैत । अवस्थामा उनीहरूको जग्गादानबाट स्थापित ऐतिहासिक विद्यालय समेत पछिल्लो समय विद्यार्थी नभएपछि बन्द गर्नुपर्ने अवस्था आयो। वसन्तपुर क्षेत्रको कान्तिईश्वरी माध्यमिक विद्यालय यट्खा र कन्या माध्यमिक विद्यालय यट्खा यसकै उदाहरण हुन्।

यी विद्यालयलाई खारेज गरिएको काठमाडौं महानगरपालिका शिक्षा विभागका सरकारी विद्यालय शाखा प्रमुख मोतिप्रसाद भट्टराईले बताए। काठमाडौं महानगरपालिकाभित्र मात्र होइन, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार २०७४ सालपछि देशभरिमा गरी ७ सय २९ विद्यालय बन्द भएका छन्।

शिक्षा तथा मानव स्रोत केन्द्रका निर्देशक रामचन्द्र शर्माका अनुसार सबैका लागि शिक्षा भन्ने राष्ट्रिय अभियान सञ्चालन भएसँगै देशमा सरकारी विद्यालय खुल्न थाले । त्यतिखेर निजी विद्यालय कम थिए अभिभावकले आफ्ना बाबुनानी सरकारी स्कुलमै पढाउँथे । यो समाचार नागरिक दैनिकमा छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend