सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपालमा कोरोना भाइरसको कुनै संक्रमण नभएको प्रधानमन्त्रीको दावी

नेपालमा कोरोना भाइरसको कुनै संक्रमण नभएको प्रधानमन्त्रीको दावी

PM KP Sharma Oli addresses the nation from the PM's residence in Balwatar, Kathmandu on Sunday, November 15, 2015. Photo: Skanda Gautam

काठमाडौं ३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस कोभिड १९ को कुनै संक्रमण नरहेको बताएका छन् ।
उनले कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि नेपाल सरकारले पर्याप्त सावधानी अपनाएको पनि जानकारी दिए ।

आइतबार कोरोनाभाइरस विरुद्ध सार्क सहकार्यः भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्री ओलीले रोग भित्रन नदिन सरकारी संयन्त्र ‘अलर्ट’ रहेको जानकारी दिए ।

उनले कुनै पनि विदेशी यात्रुका लागि नेपाल प्रवेशको ‘अन अराइभल भिसा’ रद्द गरिएको, पूर्व प्रवेशाज्ञाका आधारमा नेपाल आउने विदेशी नागरिकले बढीमा सात दिन अघिको मेडिकल रिपोर्ट पेश गर्नुपर्ने र गैरआवासीय नेपालीका हकमा पनि यही व्यवस्था गरिएको बताए ।

यस्तै उनले सम्पूर्ण स्वदेशी एवं विदेशी नागरिक, गैरआवासीय नेपालीले समेत नेपाल प्रवेश गर्दा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने अनिवार्य व्यवस्था गरिएको पनि जानकारी दिए ।

स्वास्थ्यका कर्मचारीलाई सुरक्षित उपकरणको व्यवस्था गरिनुका साथै विमानस्थलमा स्कृनिङका साथै अन्य स्वास्थ्य परीक्षणको व्यवस्था गरेरमात्रै भित्रन दिने व्यवस्था गरिएको प्रधानमन्त्रीले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend