सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ग्लोबल मनी विक २०२६ः दोगडाकेदारमा ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ग्लोबल मनी विक २०२६ः दोगडाकेदारमा ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमााडौँ । ग्लोबल मनी विक–२०२६ को अवसरमा ग्लोबल आइएमई बैंक लिमिटेड, सुदूरपश्चिम प्रदेश अन्तर्गतको दोगडाकेदार शाखाले वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग सम्बन्धी सचेतना कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

बैतडीको दोगडाकेदार–०३ स्थित श्रीकोट बहुमुखी क्याम्पसमा आयोजित उक्त कार्यक्रममा विद्यार्थी, शिक्षकसँगै स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको रहेको दोगडाकेदार शाखाका शाखा प्रबन्धक लक्ष्मण दत्त जोशीले जानकारी दिनुभयो ।

स्मार्ट मनी टल्क भन्ने मूल नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा सहभागीहरूलाई सुरक्षित डिजिटल बैंकिङ्ग, बचतको महत्त्व, र वित्तीय व्यवस्थापनका बारेमा जानकारी दिइएको थियो।

कार्यक्रममा बोल्दै शाखा प्रबन्धक जोशीले पछिल्लो समय डिजिटल बैंकिङ्गको प्रयोग बढ्दै गएको अवस्थामा यसको सुरक्षित प्रयोग र वित्तीय अनुशासनका बारेमा सचेत रहनुपर्नेमा जोड दिए ।

युवा अवस्थादेखि नै बचत गर्ने बानी बसाल्न र आधुनिक बैंकिङ्ग प्रणालीसँग जोडिन विद्यार्थीहरूलाई प्रोत्साहन गरिएको थियो ।

वित्तीय साक्षरता कार्यक्रम प्रभावकारी भएको क्याम्पसका स्ववियू सभापति नवीन कपाडीले बताउनुभयो । ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशभरि यस्ता साक्षरता अभियानहरू सञ्चालन गर्दै आएको छ, जसले दुर्गम क्षेत्रका नागरिकहरूलाई बैंकिङ्ग सेवा र प्रविधिसँग परिचित गराउन मद्दत पुर्याइरहेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend