सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बढ्यो शेयर बजार, २१ अर्बको कारोबार

बढ्यो शेयर बजार, २१ अर्बको कारोबार

काठमाडौं । साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक ६४.६७ अंकले बढेको छ। निर्वाचनपछि विस्तारै उकालो लाग्न थालेको शेयर बजार बिहीबार २.२९ प्रतिशतले बढेसँगै २८७७.०२ अंकमा पुगेर बन्द भएको छ।

५ करोड ६९ लाख २० हजार ६ सय ८ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८ सय ८६ रुपैयाँको कारोबार भएको छ।  साताको अन्तिम कारोबार दिन कारोबारमा आएकामध्ये २ सय ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको मूल्य घटेको छ। दुई कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend