“भाषा सभ्यताको संवाहक हो” भन्ने नाराका साथ नेपाली भाषा, साहित्यको संरक्षण तथा नेपाली भाषा शिक्षकहरुको दक्षता अधिवृद्धि गर्ने उद्देश्यका साथ कास्की जिल्लामा स्थापना भएको नेपाली भाषा शिक्षण गर्ने शिक्षकहरूबीचको सामूहिक साझा मञ्च “नेपाली भाषा शिक्षक परिषद्” कास्कीकोे पाँचौं अधिवेशन शनिवार पोखरामा सम्पन्न भएको छ । उक्त अधिवेशनले आगामी दुई वर्षका लागि नेपाली भाषा शिक्षणका क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका डोलराज अर्यालको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । सर्वसम्वत रूपमा चयन भएको समितिको उपाध्यक्षमा डिल्लीराम अर्याल, सचिवमा सूर्यप्रसाद लम्साल, सहसचिवमा विक्रम पौडेल, कोषाध्यक्षमा टुका सुवेदी चयन भएका छन् भने समितिको सदस्यहरूमा, शिवहरि सुवेदी, शशी ढुङ्गाना, रमेश न्यौपाने र लक्ष्मी अधिकारी रहेका छन् ।
कास्कीका निजी तथा सामुदायिक विद्यालयमा अध्यपनरत १५० बढी शिक्षकहरू आजीवन सदस्य रहेको परिषद्ले कक्षा ११ र १२ को नेपाली विषय १००÷१०० पूर्णाङ्कको बनाउन पहल गर्ने, वर्ण विन्यासको एकरूपीकरणका लागि सम्बन्धित निकायलाई दबाब दिने, सञ्चार क्षेत्रसँग अन्तरक्रिया गर्ने, नेपाली भाषालाई सरकारी कामकाजको भाषा बनाउन पहल गर्ने आदि जस्ता भावी कार्यक्रमहरू राखेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend