सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

शान्ति प्रक्रिया पूरा गरेर पीडितको घाउमा मल्हम लगाउने आफ्नो एकमात्रै ध्येय: प्रधानमन्त्री ओली

शान्ति प्रक्रिया पूरा गरेर पीडितको घाउमा मल्हम लगाउने आफ्नो एकमात्रै ध्येय: प्रधानमन्त्री ओली

224 164 168 224 165 135 224 164 170 224 164 190 224 164 178 224 164 149 224 165 139 32 224 164 184 224 164 153 224 165 141 224 164 149 224 165 141 224 164 176 224 164 174 224 164 163 224 164 149 224 164 190 224 164 178 224 165 128 224 164 168 32 224 164 168 224 165 141 224 164 175 224 164 190 224 164 175 32 224 164 170 224 165 141 224 164 176 224 164 149 224 165 141 224 164 176 224 164 191 224 164 175 224 164 190 32 224 164 164 224 164 165 224 164 190 32 224 164 166 224 165 141 224 164 181 224 164 168 224 1

१४ चैत, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रिया पूरा गरेर पीडितको घाउमा मल्हम लगाउने आफ्नो एकमात्रै ध्येय रहेको बताएका छन् । नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य , न्याय र परिपूरणीय अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनमा बोल्दै ओलीले यस प्रक्रियामा आफूलाई कुनै श्रेय नचाहिएको पनि उल्लेख गरे

प्रधानमन्त्रीले भने, ‘नेपालमा शान्ति प्रक्रिया हामी आफैँले सुरू गरेर अगाडि बढाएका हौं । कसले श्रेय लिने हो भन्ने छोडौं । म यसलाई सफलमात्रै पार्न चाहन्छु । श्रेय जति मबाहेक सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक होइन । श्रेय चाहिएन ।’ ओलीले अब नेपालमा शान्ति हुन्छ भनेर जनतालाई निश्चिन्त बनाउनुपर्नेमा जोड दिए ।

राजधानीमा बिहीवार आयोजित ‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी’ राष्ट्रिय सम्मेलनको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहालले संयुक्त उद्घाटन गरेका हुन् । सम्मेलनमा उनीहरू तीनैजनाले सम्बोधन गरेका छन् । कार्यक्रममा द्वन्द्वपीडितका प्रतिनिधि, संयुक्त राष्ट्रसंघ आवासीय प्रतिनिधि हाना सिंगरलगायत सहभागी छन् ।

यही चैत ११ गतेमात्रै संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउन सर्च कमिटी गठन गर्ने दलहरूबिच सहमति जुटेको थियो । सोही सहमतिअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओम प्रकाश मिश्रको अध्यक्षतामा कमिटी गठन गर्ने निर्णय गरेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend