७ चैत , काठमाडौं । विभिन्न पार्टी परित्याग गरि दुई सयभन्दा वढी नेता कार्यकर्ताहरु राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश गरेका सो पार्टीले जनाएको छ। बिहीबार कृष्णभोग पार्टी प्यालेस , नयाँ बानेश्वर काठमाडौंमा पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अविरल लामा र विश्वास तामाङको नेतृत्वमा दुई सयभन्दा बढि यूवाहरु प्रवेश गरेका उक्त पार्टीले जनाएको छ । स्वदेशवाद, वहुलराष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धान्तलाई आत्मसात गर्दै पार्टी प्रवेश गरेको उक्त पार्टीको दावी छ।
पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै पार्टी अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले देशमा लादिएको एकल पहिचान र शासनविरुद्ध बहुल पहिचान र बहुल शासन कायम गराउनु आवश्यक रहेकोले देशमा बहुल पहिचान कायम गरी बहुलराष्ट्रिय राज्यको स्थापना गर्न यो पार्टी अगाडी बढेकोमा यस परिवर्तनको लडाईंमा यूवाहरु सक्रिय भएर लाग्नुपर्ने बताए ।
अहिलेका प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुले विगत ३५ वर्षमा देशलाई एकल नश्लीय चरीत्रको आधारमा शासन सत्ता संचालन गरेकाले अनेक समस्या उत्पन्न भयो र देश आर्थिक रुपमा धारासायी हुन पुग्यो। देशको अर्थतन्त्र उकास्न, अधिकार पहिचानको स्थापना र स्वशासनको अभ्यास गराउन सारा नेपाली जनता एकजुट भएर लाग्नुपर्ने बताए।
कार्यक्रममा पार्टीका नेताहरु बुद्ध छिरिङ मोक्तान, कौशल कुमार सिंह, सुमन सायमी, केशव झा, संतोष मेहता, कमला गुरुङ, जुनतारा मगर, अनील महासेठ, रविन्द्र कुमार श्रेष्ठ लगायतका वक्ताहरुले पार्टीको विचार र भावी कार्यक्रमबारे बोलेका थिए ।
यसअघि पनि राष्ट्रिय मुक्ति पार्टीमा विभिन्न चरणमा हजारौं जनाले पार्टी प्रवेश गरेका उक्त पार्टीले दावी गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend