६ चैत, काठमाडौं । राजधानीमा आयोजित एक वैठकबाट शाही युवा शक्तिले राजसंस्था पुर्नवाहालीको आन्दोलनलाई निरंतरता दिदै थप शसक्त वनाउने निर्णय गरेको छ।
संगठनका अध्यक्ष पशुपती खडकाले आफूहरु विगत चौध वर्ष देखि निरंतर राजसंस्था पुर्नवाहालीको आन्दोलनमा लागिरहेको तथा अहिले निर्णायक क्षण आएकाले सम्पूर्ण राजावादी र राष्ट्रवादीहरु लाई साथमा लिएर सडकमा उत्रने वताउँछन्।
आज सार्वजनिक गरिएको निर्णय अनुसार,
* आगामी चैत्र ९ गते शनिवार सामाखुसी चोक देखि नारायणहिटी दरवार सम्म मोटरसाइकल र्याली सहितको सहितको जुलुस निकाल्ने।
* आगामी चैत्र १५ गते दुर्गा प्रसाइले राखेको कार्यक्रमलाई सहयोग गर्ने।
* आगामी चैत्र २१ गते शाही युवा शक्ति नेपाल को चौधौं स्थापना दिवस मनाउने (जसमा सम्पूर्ण राष्ट्रवादीहरु लाई वोलाई चियापान कार्ययम गर्ने)।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend