सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आज सुनको मूल्य कति ?

आज सुनको मूल्य कति ?

५ चैत्र, काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । हालसम्मका सबै रेकर्ड तोड्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार २०० रुपैयाँ कायम छ ।

यसअघि चैत १ गते सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । त्यसपछि घटबढ भइरहेको सुनको मूल्य अहिले उच्चबिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो । उक्त दिनको तुलनामा आज १ हजार १०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 

यस्तै चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ५० रुपैयाँ कायम भएको हो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend