बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नेपालको शिक्षा जीवन उपयोगी भएन पाठ्क्रम परिमार्जन गरौः नेता नेपाल

नेपालको शिक्षा जीवन उपयोगी भएन पाठ्क्रम परिमार्जन गरौः नेता नेपाल

काठमाडौं । पूर्वप्रधामन्त्री एबम नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले नेपालको शिक्षा जीवन उपयोगी नभएको भन्दै पाठ्क्रम परिमार्जन गर्न जरुरी रहेको बताएका छन् । राजधानीमा सरोकार समाज नेपालले आयोजना गरेको कार्यक्तममा बोल्दै नेपालले पाठ्यक्रम परिमार्जन गरेर राज्यले सिप आर्जन हुने किसिमको शिक्षा नीति बनाउनु पर्ने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले सरकारले वेरोजगारहरुलाई भत्ता दिने गरी ल्याएको योजना क्षणिक रुपमा राम्रो भए पनि दिर्घकालीन रुपमा यो ठीक नभएको तर्क गरे ।

राज्यले आफ्ना देशका युवाहरुलाई रोजगारीका लागि योग्य बनाउन जरुरी रहको बताउदै उनले स्वरोजगार बन्न युवाहरुलाई आग्रह गरेको । बरिष्ठ नेता नेपालले आत्मविस्वास चाहिने भन्दै बलियो आत्मविस्वास भएर उद्यम गर्न युवाहरुलाई सुझाव दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend