सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रदेश नम्बर दुईमा एसईइको परीक्षा, चैत २१ गतेसम्मका लागी स्थगित

प्रदेश नम्बर दुईमा एसईइको परीक्षा, चैत २१ गतेसम्मका लागी स्थगित

काठमाण्डौ । एक पछि अर्को गरी प्रश्नपत्र बाहिरिएपछि प्रदेश नम्बर दुईमा चैत २१ गतेसम्म सञ्चालित हुने सम्पूर्ण विषयका परीक्षाहरु स्थगित गरिएको छ । शिक्षा मन्त्रालयमा शुक्रबार साँझ भएको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले यस्तो जानकारी दिएका हुन । स्थगित विषयका अर्को परीक्षा तालिका यही महिनाभित्र प्रकाशित गरिने मन्त्री पोखरेलको भनाई छ । २०७५ सालको चैत २२ गतेका लागि पुनः तय भएको विज्ञान विषयको परीक्षा तालिका भने यथावत नै रहेको मन्त्री पोखरेलले जानकारी दिए ।

प्रदेश दुईमा विज्ञान, सामाजिक शिक्षा विषयका प्रश्नपत्र बाहिरिएको थियो । यसले गर्दा पनि प्रदेश दुईमा सम्पूर्ण विषयकै प्रश्नपत्र बाहिरिएको आशंका गरिएको थियो । मन्त्री पोखरेलले अन्य प्रदेशको हकमा भने परीक्षा नियमित ढंगले संचालन हुने उल्लेख गर्दै ढुक्क भएर सहभागी हुन पनि सबै परीक्षार्थीहरुलाई आह्वान गरे । उनले प्रश्नपत्र बार्हियाउने काममा सहभागी भएकाहरुको अनुसन्धान गरी दोषीउपर कडा कारबाही गर्ने चेतावनी पनि दिए ।

प्रदेश दुईमा २६२ परीक्षा केन्द्र मा ७० हजार ५ सय ६२ परीक्षार्थी सहभागी छन् । मन्त्री पोखरेलले परीक्षाअगावै प्रश्नपत्र बाहिरिनु निकै नै दुखद भएको भन्दै यस बिषयलाई सरकारले गम्भीरताका साथ लिएको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend