बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

“श्री भक्त लाल श्रेष्ठका सन्तान – गंगालाल, पुष्पलाल, र हामी”  पुस्तक सार्वजनिक

“श्री भक्त लाल श्रेष्ठका सन्तान – गंगालाल, पुष्पलाल, र हामी”  पुस्तक सार्वजनिक

१ चैत , काठमाडौं । “श्री भक्त लाल श्रेष्ठका सन्तान – गंगालाल,पुष्पलाल,र हामी” पुस्तक सार्वजनिक गरिएको छ। शुक्रबार आयोजित विशेष समारोहमा शताब्दी पुरुष डा. गौरीशंकरलाल दासको प्रमुख आतिथ्यमा उक्त पुस्तकको विमोचन गरिएको हो। पूर्वराजदूत एवं परराष्ट्रविद हिरण्य लाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रा. डा. सुरेन्द्र केसी , पूर्वराजदूत डा. जयराज आचार्य , वामपन्थी राजनीतिज्ञ अरविन्द रिमाल , विभिन्न राजनीतिक व्यक्तित्व , संचारकर्मी लगायतको उपस्थिति रहेको थियो।

भक्त लाल श्रेष्ठका कान्छा सुपुत्र विजयलाल श्रेष्ठद्वारा लिखित पुस्तकको विमोचन समारोहमा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि शताब्दी पुरुष डा. गौरीशंकरलाल दासले नेपालको इतिहासको एक अध्याय नै यस पुस्तकले उद्घाटित गरेको बताए । यो कृतिको लोकार्पण गर्न पाँउदा आफु रोमाञ्चित , भावुक र गौरवान्वित भएको बताउँदै पुस्तक रोचक , पठनीय र संग्रहणीय भएको जनाए। भक्तलालका संतानहरु गंगालाल , पुष्पलाल लगायतले जुन सपना बोकेर जीवन समर्पण गरे त्यो अहिले पुरा भयो त भनेर समीक्षा गर्नुपर्ने बेला भएको उनले आव्हान गरे।

श्रीमती चाँदनी घिमिरेले संचालन गरेकी समारोहमा लेखक विजयलाल श्रेष्ठले पुस्तकको पृष्ठभुमि र परिप्रेक्ष्यमा प्रकाश पारेका थिए भने प्रा.डा. सुरेन्द्र केसी , डा. जयराज आचार्य र अरविन्द रिमालले पुस्तक बारे विभिन्न कोणबाट समीक्षा व्यक्त गरेका थिए।

पुस्तकको प्रकाशक तथा वितरक विद्यार्थी पुस्तक भण्डार, काठमाडौं रहेको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend