मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

सौन्दर्यविद् कमला श्रेष्ठको “सौन्दर्य–क्रान्ति” आत्मकथा पुस्तक सार्वजनिक

सौन्दर्यविद् कमला श्रेष्ठको “सौन्दर्य–क्रान्ति” आत्मकथा पुस्तक सार्वजनिक

नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रीय सदस्य तथा सौन्दर्यविद् कमला श्रेष्ठको “सौन्दर्य–क्रान्ति” आत्मकथा पुस्तक सार्वजनिक भएको छ।  मंगलवार ( २७ फागुन) काठमाडौंमा आयोजना गरिएको विशेष समारोहमा उक्त पुस्तकको विमोचन गरिएको हो।

समारोहका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले  समानता र सामाजिक न्यायसहितको समाज निर्माणका लागि महिला श्रमको निःशर्त सम्मान हुने वातावरण आवश्यक रहेको  बताए ।उनले उद्यमशीलताले मानिसमा आत्मसम्मान र आत्मनिर्भता बढाउनुका साथै देश विकासमा लागि पनि योगदान दिने उल्लेख गर्दै व्यवसायी श्रेष्ठले उद्यमशीलता विकासका लागि अनुकरणीय काम गरेकोमा प्रसंशा गरे।

“हाम्रो समाज शृंगार र सौन्दर्यका कुरा उठाउँदा अपहेलित हुने तथा सौन्दर्य हुनेखानेहरुको लागि हो भन्ने दृष्टिकोण राख्ने समाज हो । सौन्दयकलालाई  पेशा व्यवसाय मात्र नभई, स्वास्थ्यको अभिन्न अंगमा रुपमा विकास गर्दै शैक्षिक पाठ्यक्रममा समेत समावेश गर्न कमला श्रेष्ठका ठूलो योगदान रहेको छ”, उनले भनिन् ।

अध्यक्ष ढकालले आत्मनिर्भर अर्थतन्त्रका लागी उद्यशीलताको विकास गर्नुपर्नेमा जोड दिए । अठोट सहितको निरन्तरताले सफलता दिन्छ भन्ने एउटा उदाहरणका रुपमा व्यवसायी कमला श्रेष्ठलाई लिन सकिने बताउँदै अध्यक्ष ढकालले आफ्‌नो व्यवसायको माध्यमबाट हजारौंलाई सीप हस्तान्तरण गर्दै रोजगारी सिर्जना गर्नु आफैमा चुनौतीपूर्ण र महत्वपूर्ण कार्य भएको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य  महासंघका पूर्व अध्यक्ष भवानी राणाले महिला उद्द्मशीलता तथा महिला शसक्तिकरणका लागि श्रेष्ठको ठूलो योगदान रहेको बताइन् । महासंघ उपाध्यक्षद्वय हेमराज ढकाल ,ज्योस्ना श्रेष्ठ र महासंघका पूर्व उपाध्यक्ष भास्कर राज राजकर्णिकारले उनको पुस्तक नयाँ केही गर्नेहरुका लागि प्रेरणाको स्रोत भएको बताए ।

त्यस्तै , पद्मकन्या विद्याश्रमका प्राचार्य रीता तिवारीले  सौन्दर्यविद् कमला श्रेष्ठको समेत योगदानमा  विद्यालयमा सौन्दर्य कला विषय अध्यापन भैरहेको जानकारी दिइन् ।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै पुस्तक लेखिका कमला श्रेष्ठले यो पुस्तकबाट उद्यम गर्न चाहने तथा स्वरोजगार बन्न चाहनेका लागि पनि मार्गदर्शन  गर्ने अपेक्षा राखेको बताइन् ।  उनले यो आफ्नो आत्मकथा भन्दा पनि उद्दमशीलताको कथा भएको बताइन् ।

महासंघकी महिला उद्यम समितिकी सभापति समेत रहेकी सौन्दर्यविद् श्रेष्ठका आत्मकथामा ६ वटा खण्ड र ६५ वटा विभिन्न शीर्षकमा लेखहरु समावेश रहेको लेखन कुन्जका संचालक कमल ढकालले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend