सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औं वार्षिक साधारणसभाबाट ८.७५% नगद लाभांश सहितका प्रस्ताव पारित

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औं वार्षिक साधारणसभाबाट ८.७५% नगद लाभांश सहितका प्रस्ताव पारित

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारणसभा सम्पन्न गर्दै ८.७५ प्रतिशत नगद लाभांश सहितका प्रस्तावहरु पारित गरेको छ।

मंगलबार ( २७ फागुन) काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा सम्पन्न भएको सभाले सञ्चालक समितिले निर्णय गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ८.७५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको हो।

त्यसैगरी,  समीक्षा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय पनि टुङ्गिएको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन १५ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजका आधारमा फागुन १३ गतेसम्म कायम शेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend