२५ फागुन , रूपन्देही । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघमा एजाज आलमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ।
फागुन २४ गते शनिबार बुटवलमा सम्पन्न महासंघको २४औं वार्षिक साधारणसभा तथा ११औं महाधिवेशनबाट बुटवलका एजाज आलमको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको हो ।
महाधिवेशनका निर्वाचन समितिका संयोजक दामोदर घिमिरेका अनुसार समितिको सदस्यहरुमा विरेन्द्रनाथ भट्टराई, राजेश्वरलाल जोशी, सुदीप घिमिरे, कान्छा थापा, सुरेश बहादुर श्रेष्ठ, अक्लान्त सगर ताम्राकार, जगदीश उप्रेती, सागर शर्मा, सुयशराज पराजुली एसोसिएट सदस्य र पदेन सदस्यहरुमा उपेन्द्र अग्रवाल, बद्रिनाथ शर्मा, मोतिउर रहमान देवान,किरण कुमार कार्की, रुद्रलाल श्रेष्ठ, पवन मित्तल, कलाधर उपाध्याय, मानमोहन श्रेष्ठ, मिलन सिंह रहेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend