मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक सार्वजनिक

‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक यात्रा , लोकतन्त्र प्राप्तिका लागि गरेका अथक संघर्षदेखि मुलुकको समृद्धिका लागि बनाएका योजना , सपना र नेतृत्वदायी पहललाई केन्द्रमा राखेर पुस्तक तयार गरिएको छ ।

‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तकको सोमबार (१९ फागुन ) काठमाडौंमा सार्वजनिक गरिएको हो।

पत्रकार गणेश पाण्डेद्वारा सम्पादित उक्त पुस्तक राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गरेकी हुन् । पुस्तक अल्केमी प्रकाशनले प्रकाशन गरेको हो ।

पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्रीहरु, राजनीतिज्ञ, अर्थविद, सामाजिक व्यक्तित्वका लेख-रचनाहरु समेटिएका छन् । लोकार्पण कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम्युनिस्ट आन्दोलनलाई थप एकताबद्ध बनाउनका लागि योगदान दिन सुझाव दिएकी छन्। उनले  कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन तथा, उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन ऐतिहासिक भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरिन्।

‘अध्यक्ष ओलीले नेकपा (एमाले) को आन्तरिक जीवनलाई लोकतान्त्रीकरण गर्न, कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन तथा, उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन निर्वाह गर्नुभएको ऐतिहासिक भूमिकाको म सराहना गर्छु। साथै भविष्यमासमेत यस किसिमको रचनात्मक पहलकदमी र अग्रसरता कायम राख्दै नेपाली कम्युनिस्ट आन्दोलनलाई थप एकताबद्ध बनाएर सफलताको अर्को सिँढी उकाल्न उहाँबाट योगदान पुग्ने नै छ,’ उनले भनिन्।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend