मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

प्याब्सनको १६औँ राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ गते काठमाडौंमा हुने

प्याब्सनको १६औँ राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ गते काठमाडौंमा हुने

१९ फागुन,काठमाडौँ ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को १६औँ राष्ट्रिय महाधिवेशन यही फागुन २६ र २७ गते काठमाडौंमा हुने भएको छ।

सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत प्याब्सनका अध्यक्ष डिके ढुंगानाले काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने उक्त महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जानकारी दिएका छन् ।

उनले सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री पनि सहभागी हुने बताए ।

महाधिवेशनले आगामी कार्यकालको लागि प्याब्सनको नयाँ नेतृत्व समेत चयन गर्ने कार्यक्रम रहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend