सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आठौँ वार्षिक साधारण सभा कहिले ?

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आठौँ वार्षिक साधारण सभा कहिले ?

१८ फागुन,काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आठौँ वार्षिक साधारण सभा आगामी चैत १५ गते हुने भएको छ । सो सभा अम्रपालि ब्याङ्क्वेट, भाटभटेनी, नक्सालमा बिहान ११ बजे हुने छ ।

कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो। सभामा अध्यक्षको मन्तव्य सहित सञ्चालक समितिको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०्/८१) उपर छलफल गरी पारित गरिनेछ। साथै, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा९नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी अनुमोदन गरिनेछ।

कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८१्८२ का लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि सो सभा मा पेस गरिनेछ। लेखापरीक्षण समितिबाट सिफारिस गरिएका एसएआर एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः लेखापरीक्षकको रूपमा नियुक्त गर्न प्रस्ताव गरिएको छ।

कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट २८.४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। यसमा १।४२ प्रतिशत नगद लाभांश ९कर प्रयोजनका लागि० र बाँकी प्रतिशत बोनस शेयरका रूपमा वितरण गरिनेछ। बोनस शेयर जारी भएपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुग्नेछ।

सोही अनुसार, कम्पनीको प्रबन्धपत्रको दफा ६(ग) मा भएको चुक्ता पूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने प्रस्ताव पनि साधारण सभामा पेस गरिनेछ। साथै, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरू पनि अनुमोदन गरिनेछ।

नियमनकारी निकायबाट प्राप्त निर्देशन अनुसार आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिइनेछ। साधारण सभा र लाभांश वितरणको लागि फागुन २८ गते एक दिनका लागि बुक क्लोज गरिनेछ, त्यसैले फागुन २७ गतेसम्म कायम शेयरधनीहरू सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend