सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कामदारको स्वास्थ्य परीक्षण गर्ने मेडिकललाई नयाँ दर्ता गर्न आह्वान

कामदारको स्वास्थ्य परीक्षण गर्ने मेडिकललाई नयाँ दर्ता गर्न आह्वान

काठमाडौं । वैदेशिक रोजगारीमा विदेश जाने कामदारको लागी स्वास्थ्य परिक्षण अनिवार्य मानिन्छ । स्वास्थ परिक्षण गुणस्तरीय हुन पनि त्यतिकै जरुरी हुन्छ । तर वैदेशिक रोजगारीमा जाने कामदाको स्वास्थ्य परिक्षण गुणस्तरीय नभएको भन्दै बेला बेलामा गुनासा समेत आउने गरेका छन् । यसै बिच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने नयाँ स्वास्थ्य संस्थाको सूचीकरण प्रक्रिया थालेको छ ।

 

मन्त्रालयले सार्वजनिक सूचना जारी गरी सूचीकरणका लागि इच्छुक संस्थालाई १० दिनभित्र आवेदन दिन भनेको छ । मन्त्रालयका अनुसार, इच्छुक संस्थाले तोकिएको कागजातसहितको विवरण संलग्न गरी मन्त्रालयको कानून तथा फैसला शाखामा निवेदन दर्ता गराउन सक्नेछन् ।

अब त्यसलाई तोड्ने गरी सरकारले नयाँ संस्थालाई पनि अवसर दिने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरेले बताए । हाल २२६ वटा स्वास्थ्य संस्थाले मात्रै अनुमति नवीकरण गर्दै विदेश जाने कामदारको स्वास्थ्स्वास्थ्य परीक्षणमा सिन्डिकेट लादिएको गुनासो आएपछि नेपाल सरकारको आग्रहमा मलेसिया सरकारले ति संस्थाको अनुमति खारेज गरिदिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend