सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल डेमोक्रेटिक पार्टी गठन

नेपाल डेमोक्रेटिक पार्टी गठन

राजसंस्था, हिन्दु राष्ट्र, पार्टीको मुख्य सिद्घान्त अवलम्बन गदै नेपाल डेमोक्रेटिक पार्टी गठन भएको छ । राजधानीको सम्बाद कल्व नेपालमा पत्रकार सम्मेलन गदै पार्टी गठन गरेको डेमोक्रेटिक पार्टीले जनाएको छ । नेपालको कुल जनसंख्याको ८२ प्रतिशत हिन्दु धर्म मान्ने जनता भएको अवस्थामा दुई चारजना नेताको स्वार्थमा सबिधानमा धर्म निरपेक्षता राखिएको भन्दै नवगठित पार्टीले घोर बिरोध गरेको छ । हिन्दु निरपेक्षेता नेपाली जनताको लागी मान्य नहुने भन्दै यसलाई हटाएर छाड्ने नवगठित नेपाल डेमोक्रेटिक पार्टीका संयोजक रामचन्द्र क्षेत्रीले चेताबनी दिए । अहिले ठुला पार्टी भन्ने पार्टीहरुका नेताहरु आफनो व्यक्रिगत स्वार्थमा लागेको कारण देश अस्थिरता तर्फ धकेलिएको भन्दै संयोजक क्षेत्रीले देशलाई सही ठ‘ाउमा हिडाउन आफुहरुले पार्टी गठन गर्ने बाध्य भएको जनाए । पृथ्वी नारायण शाह, नेपाली सेना र आम जनताको रगत पसिनाबाट बनेको सिङगो नेपाललाई टुक्रा टुक्रा पारी केही नेताले आफनो स्वार्थ बमोजिम चलाएको नवगठित पार्टीका संयोजक रामचन्द्र क्षेत्रीले दावी गरे । शासन व्यवस्थामा राजाको ठ“ाउ खाली गर्दै अरु सयौं राजाको व्यवस्था गरिएको बताउदै जीवन प्रणाली देखी कायम रहदै आएको वैदिक सनातन हिन्दु धर्म र चिनतनलाई तिलाञ्जली दिदै समाजलाई दिशा बिहिन अहिलेका ठुला पार्टीले बनाएको डेमोक्रेटिक पार्टीले आरोप लगाएको छ । यो नय“ा सबिधानले गरिवी,महंगी झेलेका जनतालाई थप शास्ती दिन यो सबिधान केवल नया“ बोतलमा पुरानै रक्सी राखेर जनताको आखामा छारो हाल्ने काम भएको डेमोक्रेटिक पार्टीले आरोप लगाएको छ । नवगठित पार्टीले ५१ सदस्य केन्द्रीय समिती र देशका ७५ जिल्लामै सम्पर्क कार्यालय राख्ने बताएको छ । पार्टी गठन गरिएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्दीय सदस्य सुरेन्द्र कार्की,याम चन्द्र जिसी,कर्वा बहादुर केसीले पार्टी गठन बारेका आफना कुरा राखेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend