काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको स्वास्थ्यमा समस्या देखा परे पछि अस्पताल भर्ना गरिएको छ । नेता सिटौलालाई अचानक स्वास्थ्यमा गडबडी भएपछि उनी शुक्रबार साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका हुन्। उनको आइसियुमा राखेर उपचार भइरहेको अस्पताले जनाएको छ ।
चिकित्सकहरूले नेता सिटौलाको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र प्रेसरसमेत घटेको बताएका छन् । डा. भगवान कोइरालासहितको टिमले उनको उपचार गरिरहे बताईएकोे छ । उनी बिरामी भएको थाहा पाए पछि उनका सुबेक्षक आफन्तहरु अस्पतालमा उनको स्वास्थ्य अवस्था बुझन गईरहेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend