काठमाडौं । नेपालमा रेल चलाउने कुरा चर्चामा छ । खास गरी केपी शर्मा ओली प्रधानमन्त्री भए संगै उनले पानी जहाज र रेलको कुरालाई खुबै महत्त्वका साथ राख्र्दै आएका छन् । उनको यो योजनालाई कतिले हावादारी गफ पनि भन्ने गरेका छन् । तर सरकारले भने आफनो कामलाई निरन्तर अगाडी बढाउदै लगेको छ । साथै सरकारले रेल खरिदका लागि बजेट छुट्याएको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले विहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको मन्त्रिपरिषद निर्णयअनुसार जयनगर–जनकपुर–बर्दिवास रुटका लागि नेपालको आफ्नै रेल खरिद गर्न ८४ करोड ६५ लाख बजेट छुट्याइएको हो । भारतीय सरकारी कम्पनीबाट दुइ सेट रेल किन्ने सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend