सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अमेरिकी सरकारद्वारा प्रचण्डलाई बिश्वका चर्चित नेताको हैसियतमा स्वागत

अमेरिकी सरकारद्वारा प्रचण्डलाई बिश्वका चर्चित नेताको हैसियतमा स्वागत

काठमाडौं । अमेरिका भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डलाई अमेरिकी सरकारले भव्य स्वागत गरेको छ । साथै अध्यक्ष प्रचण्डलाई ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी गरेको छ । अमेरिकी दुतावास स्रोतका अनुसार, प्रचण्डका लागि अमेरिकाले विशेष रुपमा जारी गर्ने ‘नो इन्भेष्टिगेशन’ भन्ने आन्तरिक सर्कुलर जारी गरेको हो । जुन भारतीय उच्च नेताहरु सोनिया गान्धी, नरेन्द्र मोदीलगाएत अन्तराट्रिय नेताहरु अमेरिका भ्रमणमा जाने क्रममा जारी गरिएको बताईन्छ ।

अमेरिका भ्रमणका क्रममा उत्पन्न हुन सक्ने कानूनी झमेला हटाउन विरलै मात्र यस्तो सर्कुलर जारी गरिन्छ । तर यता प्रचण्ड अमेरिका भ्रमणमा रहेको बेला डाक्टर गोविन्द केसीको नेतृत्वको टोलीले दश वर्षे हिंसात्मक जनयुद्धमा भएका युद्धअपराध घटना र मानवता जघन्य अपराधमा संलग्नहरुलाई कारबाहीको माग गर्दै राष्ट्रसंघ र मानव अधिकार आयोगलाई ज्ञापन पत्र बुझाएका छन् । मंगलबार डा.केसी नेतृत्वमा अधिवक्ता ओमप्रकाश अर्याल, ई.प्रितम सुवेदी र अधिवक्ता शिवहरी तिमिल्सेनाले संयुक्त रुपमा मानवअधिकार आयोगलाई ज्ञापन पत्र बुझाएकोे छ । तर अमेरिकी सरकारले नो ईन्भेष्टीकेसन सर्कुलर’ जारी गरेको छ प्रचण्डलाई अमेरिकी सरकारका कुनैपनि निकायले कारवाही अगाडि बढाउन मिल्दैन ।

युद्धकालिन मुद्वालाई लिएर धमीलो खोलामा माछा मार्न पल्किएका केही मानवताबादीहरुको सपना अधुरो हुने भएको छ । प्रचण्डको भ्रमण अगाडि अमेरिकी राजदुत रेन्डी बेरीले प्रचण्ड निवासमै पुगेर भेट गरी अमेरिका भ्रमणका क्रममा कुनैपनि झमेला नहुनेमा विश्वस्त पार्दै भ्रमणका क्रममा अमेरिकाले विशिष्ट सम्मानका साथ स्वागत गर्ने बताएका थिए । लगत्तै दूताबासको सुरक्षा निकायले यस्तो खालको सर्कुलर जारी गरेको थियो । जुन इमिग्रेशन लगाएत सुरक्षा सम्बद्ध अमेरिकी सरकारी निकायहरुमा पुगिसकेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend