सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पत्नी सीता दाहालको उपचारको लागी अध्यक्ष प्रचण्ड अमेरिका प्रस्थान

पत्नी सीता दाहालको उपचारको लागी अध्यक्ष प्रचण्ड अमेरिका प्रस्थान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम पुष्पकमल दाहाल प्रचण्ड अमेरिका प्रस्थान गरेका छन् । उनी आज पत्नी सीता दाहालको उपचारका लागि अमेरिका प्रस्थान गरेका हुन् । अध्यक्ष दाहाल पत्नी सीताको स्वास्थ्य उपचारका लागि आइतबार अपरान्ह अमेरिका प्रस्थान गरेका हुन् ।

पत्नी सिता पार्किन्सन जस्तो एक प्रकारको जटिल रोगले पीडित पिडित छिन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनले संचारकर्मीमाझ पत्नी सिताले पनि आफूले एक पटक अमेरिका गएर स्वास्थ्य उपचार गर्ने मनसाय राखेपछि आफू उपचारका लागि अमेरिका जान लागेको पनि स्पष्ट पारे ।

अध्यक्ष दाहालले यस अघि सो रोगको उपचारका लागि पत्नी सीतालाई आफूले सिंगापुर पु¥याएको र केही समय त्यसले सहज बनाएको पनि स्मरण गरे । दाहाल पत्नी सीतालाई अमेरिकाको बाल्टिमोरस्थित ‘जोन हकिन्स’ अस्पतालमा उपचार गरिनेछ ।

वासिङटनमा रहेको एक अर्को सो रोग सम्बन्धि रिसर्च सेन्टरमा पनि पत्नी सीताको स्वास्थ्य परिक्षण गराउने योजना पनि रहेको अध्यक्ष प्रचण्डले बताए । उनका साथमा छोरी गंगा र ज्वाई जीवन आचार्य पनि रहेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend