काठमाडौ । नेकपाका अध्यक्ष प्रचण्डले विप्लवले आफुलाई मार्ने योजना बनाएको खुलासा गरेका छन् । वाइसिएल नेपालले नेकपाको कार्यालय पेरिसडाँडामा आयोजना गरेको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । सरकारले बिप्लवलाई उनका गतिबिधिमा प्रतिबन्ध लगाएको केही दिन नबित्दै उनले आफनै मुखबाट यस्तो कुरा बताएका हुन् ।
अध्यक्ष प्रचण्डले मलाई मार्ने भनेर बिप्लवले माइन्युट नै तयार पारेर राखेको खबर पाएको जनाएका छन् । विप्लव आफ्नै सचिवालयमा रहेर लामो समय काम गरेको स्मरण गर्दै प्रचण्डले भने आफु प्रचण्ड बन्ने रहर नगर्न आग्रह गरेका छन् ।
उनले इतिहाँसले एक पटक मलाई प्रचण्ड बनाइ सक्यो अब परिस्थिति परिवर्तन भइसकेको बताए । प्रचण्डले विप्लवलाई सुझाव दिदै भने, क्रान्ति नै गर्ने हो र प्रचण्ड नै बन्ने हो भने नयाँ तरिकाले क्रान्तिको मोडेल बनाउन समेत सुझाब दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend