काठमाडौं– बाल साहित्यकार आयुष्मा तिवारीको कविता सं्रग्रह ‘हामी साना नानी’ बजारमा आएको छ । अक्सिडेन्टल पब्लिक स्कुल काठमाडौंमा कक्षा ६ मा अध्ययनरत ११ वर्षिए तिवारीको पहिलो कविता संग्रह प्रकाशित भएको हो । ऐरावति प्रकाशनबाट प्रकाशित भएको उक्त कविता संग्रहमा २० वटा कविता संग्रहित रहेका छन् । साथी, पुस्तक, प्यारो देश नेपाल, आमा बाबा लगायतका कविता उनको पुस्तकमा संग्रहित रहेका छन् ।
बाल साहित्यकार तिवारले आफू बुवाआमा र शिक्षकको प्रेरणाबाट साहित्यको क्षेत्रमा लागेको बताउ“छिन् । आफू साहित्यमा रुचि राख्ने पारिवारिक पृष्ठभुमिबाट आएको बताउ“दै उनले आगामी दिनमा झनै परिष्कृत कृतिहरु प्रकाशित गर्ने योजना रहेको र यस कविता संग्रह प्रकाशनबाट पाएको सकरात्मक प्रतिक्रियाबाट थप हौसला मिलेको बताइन् ।
२०६४ जेठ २६ गते बुवा आनन्द तिवारी र आमा राधा तिवारीको कोखबाट जन्मिएकी उनको स्थायि बसोबास भने सुस्ता–१ नवलपरासी हो ।
साहित्कार डा.देवी नेपालले तिवारीलाई नेपाली साहित्यमा प्रतिभा र क्षमताको दियो बाल्दै अरुलाई पनि उज्यालो दिन र आफू पनि चम्किन सकुन् भन्दै सुभकामना व्यक्त गरेका छन् ।
उनले उक्त कविता संग्रह पढ्दा आफू छुट्टै कल्पनामा रमाएको र बिहानीले दिनको संकेत गर्छ भनेझै तिवारी भित्र आफूले लक्ष्मीप्रसाद देवकोटा मुस्कुराएको देखेको र पारिजातले सुगन्ध छरेको अनुभुति गरेको टिप्पणी गरेका छन् ।अक्सिडेन्टल पब्लिक स्कुलका प्रधानाध्यापक टेकबहादुर पौड्यालले कक्षा ६ मा अध्ययनरत तिवारीले उक्त पुस्तक प्रकाशन गरेकोमा आफूहरु गौरवान्वित भएको बताएका छन् ।
त्यस्तै साहित्यकार रामदेव पाण्डेले बाल कविता प्रकाशन गरेकी तिवारीले आफूमात्र नभई आफूजस्ता अरु बालबालिकाहरुलाई अभिप्रेरित गर्ने काम गरेकी टिप्पणी गरेका छन् । अधिकांश आफू, परिवार, विद्यँलय र आङ्खनै वरपरका परिवेशलाई कविताका रुपमा प्रस्तुत गरेकी तिवारीको भर्खरै अंकुरित सिर्जनाबाट उनको सिर्जनशील प्रतिभाको उज्जवल भविष्यको संकेत पाएको उनले बताएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend