सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गुणस्तरीय सेवाका लागि सहकारी तथा लघुवित्त मर्ज गर्न जरुरीः अर्थमन्त्री

गुणस्तरीय सेवाका लागि सहकारी तथा लघुवित्त मर्ज गर्न जरुरीः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारी र लघुवित्तको ब्याज बढी भएको भन्दै घटाउन आग्रह गरेका छन् । साना किसान वित्तीय संस्थाको १८ औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री खतिवडाले ब्याजले नाफा बढाउनुभन्दा उत्पादन र व्यवसायमा जोडिएर नाफा गर्नुपर्नेमा जोड दिए । गुणस्तरीय सेवाका लागि सहकारी तथा लघुवित्त मर्जको विकल्प नभएको मन्त्री खतिवाडले बताए । साना किसान ६९ जिल्लामा पुगेको चर्चा गर्दा मन्त्री खतिवडाले हरेक स्थानीय तहमा र्पुयाउन सक्नुपर्ने बताए ।

समतामूलक समाज निर्माण गर्न र विकासको बाटोमा अघि बढ्न सहकारी उच्चतम प्रणाली भएको उनले बताए । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले कृषि क्षेत्रको विकासबिना अरु विकास सम्भव भएको बताए । सहकारीमार्फत उत्पादनमा जान सहकारी ऐन २०७४ मा समस्या भएको भन्दै बडालले ऐन संशोधनको तयारी भएको बताए । नेपालका लागि इजरायली राजदूत बेनी ओमरले साना किसानका सन्तानले कृषिबाट प्रविधि र पुँजी भित्राएर नेपालमा नमूना बन्नुपर्ने सुझाव दिए । ‘अहिलेसम्म २७०० व्यक्ति प्रशिक्षार्थीका रुपमा पुगेको बताए । प्रमुख कार्यकारी अधिकृत शिवरामप्रसाद कोइरालाले संस्थाले आर्थिक वर्ष २०७५र७६ अर्धवार्षिक अवधिमा २३ करोड ९१ लाख खुद मुनाफा गरेको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend