सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सिके राउत संग भएको सम्झौतामा कुनै शंका गर्न जरुरी छैनः पाण्डे

सिके राउत संग भएको सम्झौतामा कुनै शंका गर्न जरुरी छैनः पाण्डे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम असन्तुष्ट समुहसँग वार्ताका लागि सरकारले बनाएको उच्चस्तरीय वार्ता समितिका पूर्व संयोजक सोमप्रसाद पाण्डेले देश विखण्डनको नारा लिएर गतिविधि गरिरहेको सिके राउत समुहलाई आफ्नो एजेण्डा छोडेर अखण्ड राष्ट्रको एजेण्डामा सहमत गराउनु सरकारको ठूलो उपलब्धि भएको दावी गरेका छन् । सम्वाद चौतारीले राजधानीमा आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै पाण्डेले राउतसँगको सहमति अचानक नभई उनका सहोदर दाजुसँगको पटक पटकको वार्ता र छलफलबाट मात्रै देश विखण्डनको मुद्धा छोड्न उनी तयार भएको समेत खुलासा गरे ।

उनले भने, ‘मेरो संयोजकत्वको वार्ता टोलीले पटक पटकको छलफलबाट सहमतिको वातावरण बनाएको थियो, पछिल्लो समय प्रधानमन्त्री र शीर्ष तहका नेतृत्वले नै राउतलाई सहमतिमा ल्याउन अग्रसरता देखाउनु भएको हो ।’सरकारले सफा नियतका साथ देश विखण्डनको एजेण्डा त्यागेर मूलधारको राजनीतिमा राउतलाई अवतरणका लागि सहमति गरेको तर उनका पछिल्लो गतिविधिले भने कतै उनले फेरि पनि स्वतन्त्र मधेसकै लागि सरकारसँगको सहमतिलाई रणनीतिक रुपमा प्रयोग गरिरहेका त छैनन् भन्ने शंका उत्पन्न भएको उल्लेख गरे ।

सिके राउतको पछिल्ला गतिविधिलाई सरकारले कसरी हेरिरहेको छ भन्ने पत्रकारको प्रश्नमा पाण्डेले यदि उनले सरकारसँग भएको सहमतिलाई अपब्याख्या गरेर पुरानै गतिविधिलाई निरन्तरता दिइरहे भने सरकार चुप लागेर बस्न नसक्ने समेत स्पष्ट पारे । फरक प्रसंगमा पाण्डेले जनअभिमतको अर्थ जनतमतसंग्रह हुनै नसक्ने भन्दै देश विखण्डनको एजेण्डामा जनमत संग्रह गर्ने कुरा आफूहरुले कल्पनासमेत गर्न नसक्ने जिकिर गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend