सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

विप्लवलाई म राम्रो संग चिन्छु, उनको योे पार लाग्ने बाटो होइनः प्रचण्ड

विप्लवलाई म राम्रो संग चिन्छु, उनको योे पार लाग्ने बाटो होइनः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसैले नेता बन्ने रहर गर्दैमा नेता बन्न नसकिने दोहोराएका छन् । सोमबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले विव्लवलाई राम्रोसँग चिनेको बताए । अध्यक्ष प्रचण्डले विप्लव समूहलाई मुलधारको राजनीतिमा आउन आग्रह गरेका छन् ।

आफूले गरेको जनयुद्धको नक्कल गर्छु भनेर अगाडि बढे पार नलाग्ने उनको भनाई छ । आफ्नो सचिवालयमा बसेर लामो समय काम गरेको भन्दै प्रचण्डले भने, ‘मैले वा पार्टीले झण्डै २५ वर्षपछि गरेको कुरालाई नक्कल गर्न खोज्नु भएको छ, यो पार लाग्ने बाटो होइन । त्यो बेलाको परिस्थिति र अहिलेको परिस्थितिमा गुणात्मक फेरबदर आइसकेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend