सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अध्यक्ष गुरुङको घरमा भएको बम बिस्फोटको उद्योग वाणिज्य महासंघको निन्दा

अध्यक्ष गुरुङको घरमा भएको बम बिस्फोटको उद्योग वाणिज्य महासंघको निन्दा

काठमाडौ । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको निवासमा भएको बम बिस्फोटको घटनाको नेपाल उद्योग वाणिज्य महासंघले निन्दा गरेको छ । व्यक्तिगत सम्पत्तिलाई लक्षित गरी गराइएका यस्ता निन्दनीय कार्य कुनै पनि सभ्य समाजका लागि सह्य हुन नसक्ने महासंघले जनाएको छ ।‘एनसेल टावरमा आक्रमणको घटना सेलाउन नपाउँदै पुनः अर्को आक्रमण भएबाट निजी क्षेत्र संशकित भएको छ । राजनीतिक स्थिरता कायम भई मुलुकभित्र आर्थिक विकासको वातावरण बनिरहेको अवस्थामा पुनः यस्ता घटना हुन थालेबाट निजी क्षेत्र अत्यन्त चिन्तित भएको छ ।

यस्ता घटनाले मुलुकलाई कतातर्फ लैजान्छ त्यसतर्फ गम्भीर भएर सोच्न महासंघ सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराउँदछ’ महासंघले भनेको छ ।अतः मुलुकका विभिन्न भागहरूमा निजी क्षेत्र लक्षित चन्दा आतंक तथा आक्रमण जस्ता गतिविधिहरू बढ्न थालेको महशुस हुन थालेक बताउँदै यस्ता गतिविधिलाई गम्भीर रूपमा लिई मुलुकभित्र शान्ति सुरक्षा र अमनचयनको प्रत्याभुति दिलाउन महासंघले नेपाल सरकार समक्ष माग पनि गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend