काठमाडौं– बर्तमान सरकारले आफ्ना नेता तथा कार्यकर्तामाथि दमन गरेको भन्दै त्यसको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । एक विज्ञप्ति नै जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । आन्दोलनका कार्यक्रम अन्तर्गत आज (शनिबार) र आइतबार प्रचार प्रसार गर्ने, फागुन २७ गते कोणसभा गर्ने , फागुन २८ गते सरकारविरुद्ध रयाली निकाल्ने कार्यक्रम बनाएको छ ।
त्यसैगरी फागुन २९ गते मसाल जुलुसहितको रयाली निकाल्ने र फागुन ३० गते नेपाल बन्द गर्ने कार्यक्रम तय गरिएको विज्ञप्तिमा उल्लेख छ । केही दिन अघि भएको कपिलवस्तुको गोली काण्ड, देशभर सेना–प्रहरी परिचालन गरी गरिएको दमनको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको विज्ञप्तिमार्फत उल्लेख गरिएको छ ।
यता सरकारले भने विप्लव नेतृत्वको पार्टीका गतिबिधि समाजमा अराजकता फैलाउने खालका भएको भन्दै दमन गरेर भए पनि अगाडी बढने मनस्थितीमा पुगेको देखिन्छ । आजधानीमा भएको एक कार्यक्तममा प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेकपापार्टीलाई नाम परिबर्तन गरी पार्टीको नाम लुटेरा समूह राख्न भनेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend