काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड जनसभालाई सम्बोधन गर्न मधेस जाने भएका छन् । मधेस मुद्दामा नेकपाको सन्देश जनतालाई दिनका लागि २ नम्बर प्रदेश कमिटीले रौतहटमा जनसभा गर्न लागेको हो । त्यस सभामा सम्बोधन गर्न सनिवार रौतहट जाने भएका हुन् । प्
रदेशस्तरीय जनसभालाई प्रधानमन्त्री तथा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने प्रदेश इञ्चार्ज सत्यनारायण मण्डलले बताए । उनले २ नम्बर प्रदेशका आठै जिल्लाबाट एक लाख जनता उतार्ने तयारी भइरहेको उनको भनाई छ । मधेशका जनता संग चिसिएको नेकपाको यो आमसभाले सम्बन्धमा सुधार ल्याउने अनुमान गरिएको छ ।
संविधान जारी भएदेखि पार्टीले मधेसमा एउटा पनि राजनीतिक वैचारिक सभा प्रदेशस्तरमा गर्न सकेको छैन् । जनसभामा नेताहरुले नेकपाको मधेस नीतिबारेमा जनतालाई जानकारी दिने मण्डलले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend