सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

महिलाविरुद्ध हुने विभेद र उत्पीडन अन्त्य गर्न सबै जुट्न जरुरीः राष्ट्रपति

महिलाविरुद्ध हुने विभेद र उत्पीडन अन्त्य गर्न सबै जुट्न जरुरीः राष्ट्रपति

  • शुक्रबार, २४ फाल्गुन २०७५

/fi6«klt ljBfb]jL e08f/L ;+ljwfg lbj; Pjd /fli6«o lbj;sf] pknIodf /fi6«klt sfof{nodf d+unaf/ ;fFem cfof]lht ;f+:s[lts sfo{qmd kl5 ;Daf]wg ug'{x'Fb} . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आआफ्नो क्षेत्रबाट अग्रसर हुनुपर्ने बताएकी छन् । महिला दिवसको अवसरमा राष्ट्रपतिले दिएको शुभकामना सन्देशमा सबै महिलाको हकअधिकार, समानता, सशक्तीकरण तथा मानव अधिकारप्रति पूर्ण समवेदनशील भइरहन प्रेरणा मिलोस् भनिएको छ ।

‘संविधानले सुनिश्चित गरेको व्यवस्था र संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म पूरा गर्नेगरी तय गरेको दिगो विकास लक्ष्यमा महिला  सशक्तीकरण र लैङ्गिक समानतालाई प्राथमिकताका साथ उठाइ कार्यान्वयनका लागि नीतिगत, संस्थागत कार्यक्रमकोसमेत थालनी गरिसकेको अवस्थामा यी सबै प्रावधान र प्रयासलाई सफल बनाउन सकेमा सबै महिलाका लागि नेपाल अनुकरणीय बन्न सक्नेछ,’ राष्टपतिले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

‘लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार समृद्धिको आधार’ भन्ने यस वर्षको अन्तर्रा्ष्ट्रिय दिवसको राष्ट्रिय नाराले सम्पूर्ण महिलाको चौतर्फी विकास र सशक्तीकरण अति आवश्यक रहेको राष्ट्रपतिले बताएकी छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend