सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जन्मकैदको फैसलासंगै, राजपाले लियो सरकारलाई दिएको समर्थन फिर्ता

जन्मकैदको फैसलासंगै, राजपाले लियो सरकारलाई दिएको समर्थन फिर्ता

काठमाण्डौ । राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएको छ । पार्टीले नेपालको बुधबार राजधानीमा बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीका सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय दिने जिल्ला अदालत कैलालीको फैसलापछि सरकारमा नबस्ने निर्णय लिइएको पार्टीका नेता राजेन्द्र महतोले जानकारी बताए । बैठकले पार्टीका सांसद चौधरीलाई जन्मकैदको सजाय दिने जिल्ला अदालत कैलालीको फैसलाले पार्टीलाई स्तब्ध र मर्माहत बनाएको निष्कर्ष निकाल्दै त्यसविरुद्ध आन्दोलनमा आउन पनि सबै विचार मिल्ने अधिकारवादी एवं पहिचानवादी पार्टी, संगठन र समूहलाई आह्वान पनि गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend