काठमाडौं – आइडिपी आएल्सले नेपालमा पहिलो पटक कम्प्युटर प्रणालिवाट संचालन गरिने आएल्स परिक्षाको सुरुवात गरेको छ । आइडिपीले कम्प्युटर प्राणलीवाट संचालन गरिने आएल्स परिक्षाको केन्द्र गौशाला स्थित पशुपति भिजन कम्प्लेक्समा संचालन गरेको हो । अन्तराष्ट्रिय शिक्षण सेवाका लागि अवसर दिने तथा आएल्स परिक्षामा समेत स्वामित्व भएको आइडिपीको परिक्षा केन्द्रको उद्घाटन आइडिपीका दक्षिण एसिया, इन्डोनेशिया तथा मलेशिया आएल्स अप्रेशन डाइरेक्टर विशाल गुप्ता र आएल्सका नेपाल कन्ट्रि म्यानेजर अभिषेक श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।
उद्घाटन कार्यक्रममा प्रख्यात कन्सलटेन्सीहरुका सहभागिता रहेको थियो । उद्घाटन गर्दै आइडिपी नेपालका कन्ट्रि म्यानेजर अभिषेक श्रेष्ठले आएल्स परिक्षालाई अष्ट्रेलिया, क्यानडा, न्यूजिल्याण्ड, आयरल्याण्ड, बेलायत तथा अमेरिका लगायतका संसारभरिका दश हजार भन्दा बढि संस्थाहरुले मान्यता दिएको बताए । उनले अगाडी भने, “यो संसारको एक मात्र परिक्षा हो जुन दुई वटै ढाँचामा संचालित छ । कापि र कलमको माध्ययमबाट पनि परिक्षा दिन सकिन्छ र कम्प्युटर प्रणालिबाट पनि दिन सकिन्छ ।

हामीले यस कम्प्युटर आएल्सद्धारा विद्यार्थीहरुलाई आफ्नो परिक्षा जसरी सजिलो हुन्छ त्यसरी नै दिनसक्ने विक्लप दिएका छौँ।” आइडिपीले कम्प्युटर प्रणालि माफर्त संचालन गरिने आएल्स परिक्षा अस्ट्रेलियामा केहि महिना अगाडि सुरुवात गरेको थियो । यस कम्प्युटर मार्फत दिईने आएल्स परिक्षाको वस्तु र संरचनामा केहि पनि परिवर्तन गरिएको छैन् ।
साथमा मैखिक अन्तरवाता पहिले झै आएल्सद्धारा प्रमाणित परिक्षकले व्यक्तिगत रुपमा लिइने आइडिपीले जनाएको छ । यस कम्प्युटर प्रणालिबाट संचालन गरिने आएल्स परिक्षामा विद्यार्थीले आप्mना उत्तरहरु सम्पादन तथा हाइलाइट पनि गर्न सक्नेछन् ।साथै महत्वपूर्ण प्रश्नहरुको नोट पनि गर्न सक्ने बताइएको छ ।
यस परिक्षा टाईपिङ्गमा दक्ष विद्यार्थीहरुको माझमा लोकप्रिय भएको छ । हालको लागि कापि र कलममा लिईदै आएको आएल्स परिक्षालाई पनि निरन्तरता दिईएको छ । परिक्षार्थीहरुले कम्प्युटर प्रणलीमा आधारीत आएल्स परिक्षाको ज्ञान तथा अनुभव लिन तथा दर्ता गर्नलाई आइडिपी आएल्स नेपालको धभदकष्तभस् धधध.ष्मउष्भतिकलभउब.िअयm मा यिनष्ल गर्न सक्नेछन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend