काठमाडौं । बालुवाटारमा बसेको नेकपाको बैठकले आगामी २३ गते दिवंगत नेता भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभा संयूक्त रुपमा आयोजना गर्ने निर्णय गरेको छ । पुर्व उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको शनिबार राति ८२ वर्षको उमेरमा निधन भएको थियो । यसैगरी पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो । श्रद्धाञ्जली सभा संयुक्त रुपमा आयोजना गर्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend