सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गण्डकी मेडिकल कलेजले लुटन खोज्दा ६ सय विद्यार्थी आन्दोलनमा

गण्डकी मेडिकल कलेजले लुटन खोज्दा ६ सय विद्यार्थी आन्दोलनमा

  • शुक्रबार, १७ फाल्गुन २०७५


काठमाडौ । निजी स्कुल र कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क असुल्ने गरेको समाचार बारम्बार आउने गर्छन् । निजी शैक्षिक संस्थाले बिद्यार्थी संग बिभिन्न शिर्षकमा मोटो रकम लिने गर्छन् । जस्ले गर्दा सामान्य गरिबका जनता पढने धोको हु“दा हु“दै पनि पैसा तिर्न नसकेकै कारण पढाई छाड्नु परेको समेत देखिन्छ । यस्तै गण्डकी मेडिकल कलेज पोखराका ६ सय विद्यार्थी सरकारले तोकेको शुल्क मात्र लिन माग गर्दै एक महिनादेखि आन्दोलनरत छन् ।

कलेजमा ताला लागेको छ । पढाइ ठप्प छ । तेस्रो वर्षका विद्यार्थीको त परीक्षा नै रद्द भयो । उनीहरूका माग सुन्न न त प्रशासन तयार छ न सरकारले कुनै पहल गरेको छ ।सरकारले तोकेको भन्दा बढी शुल्क लिने कलेजले उनीहरूका माग सुन्ने कुरै भएन । तर, प्रधानमन्त्रीकहाँ पुग्दा समेत आफ्नो माग पुरा गर्न कोही तयार नभएको विद्यार्थीले बताएका छन्। ‘कलेजसँग हाम्रो माग कानुनको पालना गर भन्ने मात्र हो । आफ्ना माग पुरा गराउन विद्यार्थीहरू सिडिओ कार्यालय, त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डिन, मेडिकल काउन्सिल, नेपाल प्रहरीको सिआइबी, गृह मन्त्रालय र प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगे ।

उनीहरू निरन्तर आन्दोलनमा उत्रिएपछि त्रिवि र मेडिकल काउन्सिलले आफ्ना पदाधिकारी पठाएको थियो। उनीहरूले समस्या समाधान गर्न सकेनन्। त्यसपछि उनीहरू कास्कीस्थित सिडिओ कार्यालय गए । त्यहाँका सिडिओले विद्यार्थीलाई भने ( तपाईंहरूले लगाएको ताला खुलाई दिन कलेज प्रशासनले हामीलाई भनेको भन्यै छ तर हामीले उनीहरूलाई पहिले विद्यार्थीका माग पुरा गर भनेका छौँ। कलेजसञ्चालकलाई कारबाही गर्न हामीलाई माथिको आदेश चाहिन्छ । त्यसपछि उनीहरू प्रदेश सरकारका गृहमन्त्रीलाई भेटे।

उनले पनि कुनै समाधान दिएनन् । सन् २०१५ देखि सरकारले एमबीबीएस पढाइका लागि शुल्क निर्धारण गर्दै आएको छ। सरकारले पहिलो वर्ष उपत्यका भित्र ३५ लाख र उपत्याका बाहिर त्यसको दश प्रतिशत बढी लिन पाइने भनेको थियो। अर्को वर्ष त्यो बढेर उपत्याका भित्र ३८ र बाहिर ४३ सम्म लिन पाइने भन्दै शुल्क निर्धारण गरयो । गण्डकी मेडिकल कलेजले भने सरकारले निर्धारण गरेभन्दा १० लाख बढी शुल्क मागेको विद्यार्थीहरूले बताएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend