बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

दुई हप्ताको गिरावटपछि नेप्सेमा सुधार

दुई हप्ताको गिरावटपछि नेप्सेमा सुधार

१४ चैत , काठमाडौं । करिब दुई हप्तादेखि  लगातार गिरावटमा रहेको शेयर बजार (नेप्से ) मा  साताको दोस्रो कारोबार दिन मंगलबार दोहोरो अंकले बजार बृद्धि भएको छ । मंगलबार १०.१४ अंकले बढ्दै बजार २०४१.७० को बिन्दुमा उक्लिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार समग्रमा बजारमा ०.४९ प्रतिशतले बृद्धि भएको छ ।

मंगलबार दोहोरो अंकले बृद्धि भएको बजारमा सबै सूचांक सकारात्मक देखिए ।  वित्त, जीवन बीमा र अन्य बाहेक उपसूचकांकमा हरियाली देखियो । यस दिन सबैभन्दा बढी उत्पादन र प्रशोधन उपसूचकांकमा २.११ प्रतिशतले बृद्धि भएको छ कारोबारमा आएका २४६ कम्पनीमध्ये १६८ कम्पनीको मूल्यमा बृद्धि भएको स्टक एक्सचेन्जले जनाएको छ । एक्सचेन्जका अनुसार ६८ कम्पनीको मूल्यमा गिरावट आउँदा १० कम्पनीको मूल्य भने यसअघिकै दिनको तुलनामा कायम रह्यो । यसदिन डोल्टी पावर कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा सर्वोत्तम सिमेन्ट, विन नेपाल लघुवित्तको मूल्य सकारात्मक सर्किट लेभलमा बृद्धि भयो ।

तर दोहोरो अंकले बढेको भएपनि यसदिन केही सातायताकै सर्वाधिक कम कारोबार भएको स्टक एक्सचेन्जले जनाएको छ ।  शिवम् सिमेन्ट, सोनापुर मिनरल्स, जोशी हाइड्रोपावर, गोरखा फाइनान्स, हिमानलयन रि इन्स्योरेन्सको कारोबार सर्वाधिक भएको जनाइएको छ ।

स्टक एक्सचेन्जका अनुसार  शिवम् सिमेन्टको एक लाख ७५ हजार कित्ता शेयर किनबेच हुँदा कारोबार रकम नौ करोड ३१ लाख रुपैयाँ बराबरको रहेको  छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend