सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

महासंघ अध्यक्ष ढकाल र कतारका राजदूतबीच भेटवार्ता

महासंघ अध्यक्ष ढकाल र कतारका राजदूतबीच भेटवार्ता

खबरब्रेकिंग,काठमाडौं, चैत १३। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीबीच भेटवार्ता भएको छ ।

नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँग ढकालले सोमबार भेटवार्ता गरेका हुन् । दुई देशबीच आर्थिक सहयोग अभिवृद्धि र व्यापार साझेदारीलाई बढावा दिने विषयमा भेटवार्ता केन्द्रित थियो । कतारका राजदूतसँगको भेटमा ढकालले नेपालमा लगानी प्रवर्द्धन गर्न आग्रह गरेका छन् ।

नेपाल एक बढ्दो अर्थतन्त्र भएको र नेपालमा लगानीका लागि प्रशस्त अवसर रहेको उनले बताए । लगानीमैत्री वातावरण बनाउन सरकारले कानुन र नियमावली परिमार्जन गर्न निजी क्षेत्रसाग सहकार्य गरिरहेको पनि ढकालको भनाइ थियो । त्यस अवसरमा महासंघका अध्यक्ष ढकालले नेपालमा थप लगानी गर्नुपर्नेमा जोड दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend