बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

“सहकारीको पैसा अपचलन गर्नेहरुको सम्पत्ति खोजेर भए पनि बचतकर्तालाई फिर्ता गर्छौ”

“सहकारीको पैसा अपचलन गर्नेहरुको सम्पत्ति खोजेर भए पनि बचतकर्तालाई फिर्ता गर्छौ”

१२ चैत , काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीका  बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरुको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने बताएका छन् । देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागिरहेको उनले जानकारी दिए । आइतबार चितवनमा  पत्रकारहरुसँग कुराकानी गर्दै उनले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताए ।

‘ सहकारीको पैसा अपचलन गर्नेहरुको सम्पत्ति खोजेर भए पनि बचत कर्ताको पैसा फिर्ता गर्छौ ‘, गृहमन्त्री रविले भने।

गृहमन्त्री रविले सहकारीको पैसा अपचलन गरेर फरार रहेका जिबि  राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको  बताए । सरकारले गरेका अनुसन्धान र अध्ययनका कुरा पहिले नै सार्वजनिक गर्न नहुने भन्दै उनले राई छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गरे ।

सरकारले गरेका कामको नतिजा पूर्णरुपमा आउने उनकाे भनाइ थियो । उनले भने, “ कुनै पनि समस्या वा अपराधको घटनामा  कानुनले जे भन्छ त्यही गर्ने हो । निर्दोष नफसोस् दोषी नउम्कियाेस् भन्ने प्रधानमन्त्रीको निर्देशन छ । त्यहीअनुसार काम हुन्छ ।”

उनले प्रक्रियामा  केही जटिलता भए पनि नतिजा आउने गरी काम गर्ने बताएका छन् । जनताको समस्यामा  राज्य सधैं साथै हुनुपर्ने  गृहमन्त्रीको रविको भनाइ थियो । त्यससँगै , आइतबार परेको फागु पर्व  उनले आफ्नो निर्वाचन क्षेत्र चितवन- २ का आम नागरिकसङ्ग रंग र अबिर खेलेर मनाए।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend